कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

३ हजारलाई ढोकैमा नागरिकता

जाजरकोट — जिल्ला प्रशासन कार्यालयले यस वर्ष घुम्ती शिविर सञ्चालन गरेर तीन हजार दुई सय जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । प्रशासनले जिल्लाका चार स्थानमा घुम्ती शिविर सञ्चालन गरेको थियो । 

३ हजारलाई ढोकैमा नागरिकता

बारेकोट, कुशे, जुनीचाँदे र शिवालय गाउँपालिकामा शिविर सञ्चालन गरेर स्थानीयलाई नागरिता वितरण गरिएको हो । शिविरमार्फत तीन हजार चार जनाको फोटोसहितको मतदाता नामावली पनि भरेको छ ।


प्रजिअ ललितकुमार बस्नेतका अनुसार एक हजार ९ सय ५० महिला र एक हजार दुई सय ५४ पुरुषले शिविरमार्फत नागरिकता लिएका छन् । उनका अनुसार फोटो सहितको मतदाता नामावली भर्नेमा पनि महिला नै बढी छन् ।


उनले स्थानीयको सहजताका लागि शिविर सञ्चालन गरिएको जनाए । कार्यालयका अनुसार कुशेमा दुई सय १६, बारेकोटमा एक हजार एक सय ३०, जुनीचाँदेमा एक हजार एक सय ८५ र शिवालयमा ६ सय ७३ जनालाई नागरिकता वितरण गरिएको छ ।


दुर्गम गाउँमा पहिलो पटक डिजिटल प्रविधिबाट नागरिकता वितरण गरेको प्रजिअ बस्नेतले बताए । नागरिकता नहुँदा स्थानीयवासी सामाजिक सुरक्षा भत्ता, मतदानलगायत सुविधाबाट वञ्चित हुँदै आएका थिए ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?