१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चट्याङबाट एक बालिकाको मृत्यु, अर्की घाइते

एलपी देवकोटा

जुम्ला — जुम्लाको हिमा गाउँपालिका–८ तलिकुडुमा चट्याङका कारण एक बालिकाको मृत्यु भएको छ अर्की बालिका घाइते छन् । 

चट्याङबाट एक बालिकाको मृत्यु, अर्की घाइते

चट्याङ लागेर हिमा–८ की ११ वर्षीय रुप्सी बुढाको मृत्यु भएको हो । १४ वर्षीया विमला बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


घाइते विमलाको कालिकाखेतु प्राथमिक उपचार केन्द्रमा उपचार भैरहेको स्थानीय लक्ष्मण शाहीले बताए । बिहीबार साँझ ८ बजेतिर परेको चट्याङका कारण केही पशुमा पनि क्षति पुगेको उनले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?