कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जातीय विभेद अन्त्य गर्न सहभोज

सल्यान — जातीय विभेद अन्त्य गर्न शारदा नगरपालिकाले बरलामा सहभोग गरेको छ । सहभोजमा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, पत्रकार, कर्मचारीलगायत सहभागी थिए ।

जातीय विभेद अन्त्य गर्न सहभोज

निर्वाचनका समयममा आफूले जातीय विभेद अन्त्य गर्न घोषणापत्र तयार गरेको र त्यसलाई कार्यान्वयन गर्न सहभोज आयोजना गरिएको शारदा नगरपालिका नगर प्रमुख सुरेश अधिकारीले बताए ।


‘गाउँघरमा अझै छुवाछूत अन्त्य हुन सकेको छैन,’ उनले भने, ‘बाहिर छुवाछुत नगरेको जस्तो देखिए पनि व्यवहारमा लागु भएको पाइँदैन, त्यही अन्त्यका लागि सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो ।’ जातीय आधारमा कसैले छुवाछुत गरेको पाएमा कानुनअनुसार कारबाहीसमेत गरिने उनले बताए ।


दलित विकास समाजका अध्यक्ष नीमबहादुर नेपालीले सरकारले २०६३ जेठ २१ गते जातीय छुवाछुतमुक्त घोषणा गरी विभिन्न संवैधानिक तथा कानुनी प्रावधान ल्याइए पनि जातीय विभेद अन्त्य नभएको बताए । सबै स्थानीय तहले सचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?