यार्सा टिप्न गएका दुईजनाको मृत्यु 

भीमबहादुर सिंह

जाजरकोट — यार्सागुम्बा टिप्न डोल्पाको फुलबारी पाटनमा गएका जाजरकोटका दुई युवाको लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १, दलित आगरका १८ वर्षीय कृष्ण नेपाली र सोही गाउँपालिका वडा नं.६, धुमका १८ वर्षीय रमेश चलाउनेको लेक लागेर मृत्यु भएको हो ।

उनीहरु दुवैजना शुक्रबार यार्सा संकलनका लागि फुलबारी पाटनमा चढ्दै गर्दा लेक लागेर बिरामी परेका थिए । लेक लागेर सिकिस्त परेका उनीहरुलाई उपचारका लागि शे–फोक्सुन्डो ल्याउँदै गर्दा चलाउनेको बाटोमै र नेपालीको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको इश्वरी बक्स गुल्म सुलीगाड डोल्पाका क्याप्टेन कुमार थापाले बताए ।

यार्सा टिप्न गएका दर्जनौं मानिसहरु लेक लागेर बिरामी परेको उनले बताए । बिरामी परेकालाई उपचारमा समस्या भएको उनको भनाई छ । यार्सा टिप्न गएकालाई टाउको दुख्ने, रिंगटा आउने, ज्वरो आउने, हातखुट्टा दुख्ने, दम लाग्ने, श्वासप्रश्वास बन्द हुने लगायत समस्या भएको क्याप्टेन थापाले वताए ।

प्रकाशित : जेष्ठ १८, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?