कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हजार युवालाई रोजगारी

रुकुम पश्चिम — प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लामा झन्डै हजार रोजगारी सिर्जना भएको छ । जिल्लाका ६ स्थानीय तहले ९ सय ३४ बेरोजगारलाई झन्डै एक महिना रोजगारी प्रदान गर्नेछन् । 

चालु आवभित्रै काम गर्नेगरी जिल्लाका ६ वटै स्थानीय तहमा बजेट आइसकेको छ । ६ स्थानीय तहका लागि २ करोड ७ लाख रुपैयाँ जिल्लामा आएको छ । ३ नगर तथा ३ गाउँपालिकामा रहेको बेरोजगारलाई रोजगारी प्रदान गर्न भन्दै संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत उक्त बजेट जिल्लामा पठाएको हो । स्थानीय तहले भरेका बेरोजगार फारामका आधारमा बजेट र काम पाउनेको संख्या तोकिएको छ ।


६ स्थानीय तहमध्य सबैभन्दा बढी बजेट मुसीकोट नगरपालिकामा आएको छ । ४३ लाख बजेट पाएको मुसीकोटले १ सय ९४ जनालाई १ महिना बराबरको रोजगारी प्रदान गर्नेछ । ४० लाख बजेट पाएको आठबीसकोट नगरपालिकाले १ सय ८१ र चौरजहारी नगरपालिकाले ३६ लाख रुपैयाँ बजेटबाट १ सय ६२ बेरोजगारलाई रोजगारी दिनेछन् । गाउँपालिकातर्फ ३१ लाख बजेट पाएको सानीभेरीले १ सय ४०, २९ लाख रुपैयाँबाट बाँफिकोटले १ सय ३१ र २८ लाख बजेटबाट त्रिवेणीले १ सय २६ बेरोजगारलाई रोजगारी प्रदान गर्नेछन् । स्थानीय तहले गाउँगाउँ गएर भरेको बेरोजगार फारामका आधारमा बजेट र संख्या निर्धारण भएर आएको हो । जिल्लाका ७३ वडामा कार्यक्रम लागू हुनेछ ।


कार्यक्रमको कार्यविधिको आधारमा कार्यक्रम कार्यान्वन गरिसकेको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताए । कार्यविधिमा गोरेटो बाटो, सिँचाइ, सडकको नाली बनाउने, खानेपानी मर्मतमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए । यसको साथै श्रम गर्नुपर्ने जुनसुकै ठाउँमा पनि यो बजेट खर्च गर्न सकिने र बेरोजगार सूचीमा सूचीकृतलाई काम दिनुपर्ने उल्लेख छ ।


प्रकाशित : जेष्ठ २७, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?