कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमा पहिलोपल्ट सेना बारे प्रदर्शनी 

कृष्णप्रसाद गौतम

सुर्खेत — नेपाली सेनाले गरेका विभिन्न गतिविधि तथा प्रयोग गर्ने सामग्रीबारे जानकारी दिन कालीबक्स गण, एयरपोर्ट व्यारेकमा प्रर्दशनी आयोजना गरिएको छ । 

कर्णालीमा पहिलोपल्ट सेना बारे प्रदर्शनी 

कर्णाली प्रदेशमा पहिलोपल्ट आयोजना गरिएको प्रर्दशनीमा विभिन्न हातहतियार, युद्धकला यन्त्र, तस्बिर, नमूना प्रर्दशनी, भिडियोलगायत सामग्रीका एक दर्जन स्टल छन् ।


सेनाको उत्तर–पश्चिम पृतनाले आयोजना गरेको प्रर्दशनी ४ दिनसम्म चल्नेछ । प्रर्दशनीमा पृतना मातहतका विभिन्न गण तथा गुल्मले स्टल राखेका छन् । प्रदर्शनीको उत्तर–पश्चिम पृतनापति सरोजप्रताप राणाले उद्घाटन गरे । कार्यक्रममा नेपाली सेनाका विभिन्न गतिविधिबारे आगन्तुकलाई जानकारी दिइनेछ । पृतनापति राणाका अनुसार सेनाले प्रयोग गर्दै आएका सबै सामग्री र कार्यलाई प्रर्दशनीमा समेटिएको छ ।


सैनिक–नागरिक सम्बन्ध बढाउन र सेनाका गतिविधि सबैलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको पृतनापति राणाको भनाइ छ । ‘सेनाले शान्ति स्थापनार्थ विश्वका विभिन्न स्थानहरुमा गरेका कार्य, विपद् व्यवस्थापनमा गरेको योगदान तथा विकास निर्माणमा खेलेको भूमिकालाई प्रर्दशनीमार्फत देखाउन खोजिएको हो,’ पृतनापति राणाले भने, ‘राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षमा नेपाली सेनाको संलग्नता र विभिन्न सामाजिक कार्यबारे समेत सहभागीलाई जानकारी दिइनेछ ।’


पृतनाका अनुसार परम्परागतदेखि अत्याधुनिक सैन्य सामग्री विभिन्न स्टलमा राखिएको छ । प्रर्दशनी सबैका लागि खुला रहेको सेनाले जनाएको छ ।


सेनाबारे चासो राख्ने व्यक्तिका लागि प्रर्दशनी उपयोगी हुने पृतनाले जनाएको छ । पृतनाका अनुसार विभिन्न सामग्रीबारे सैन्य अधिकारीले सहभागीलाई जानकारी दिनेछन् । कार्यक्रममा सेना र सहभागीबीच विभिन्न विषयमा अन्तरक्रियासमेत गरिनेछ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?