कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अफिमसहित एक पक्राउ 

हरि गौतम

(रुकुम पश्चिम) — झण्डै ४ किलो अवैध लागूऔषध अफिमसहित एक जना पक्राउ परेका छन् । आठबीसकोट नगरपालिका-१, रोकाजाका ३५ वर्षीय मनबहादुर बुढा ३ किलो ८ सय ५० ग्राम अफिमसहित पक्राउ परेका हुन् । 

अफिमसहित एक पक्राउ 

आठबीसकोट नगरपालिका–१४, छेपारेबाट शनिबार बिहान पौने ९ बजे बुढा अफिमसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । लागूऔषध ओसारपसार तथा खरिद बिक्री भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुढालाई पक्राउ गरेको थियो । प्रहरीले सोधपुछ गर्ने क्रममा बुढाले उल्टै प्रहरीमाथि हातपात तथा ढुङ्गा प्रहार गरी भाग्न खोजेका थिए ।


बुढा भाग्ने प्रयास गरेपछि प्रहरीले पेस्तोलबाट एक राउण्ड हवाई फायरसमेत गरेको थियो । अफिमसहित बुढा प्रहरी नियन्त्रणमा आए पनि अन्य ४ जना शंकास्पद भने भागेका प्रहरीले जनाएको छ । अफिमसहित भाग्न खोजेपछि बुढालाई हवाई फायर गरेर नियन्त्रणमा लिइएको डिएसपी खड्काले बताए । प्रहरीले बुढाको साथबाट ९ नौ हजार नेपाली रुपैयाँ, एक थान टर्च लाइट, दुई थान मोबाइल सेट र एक थान मुङ्गाको जस्तो देखिने मालासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?