कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्राथमिकतामा युवा स्वरोजगार

सुर्खेत — कर्णाली प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले युवालाई स्वरोजगार बनाउने प्रदेश सरकारको प्राथमिक प्राथमिकता रहेको बताएका छन् । उनले युवालाई विकास निर्माणमा पनि सँगसँगै लग्नुपर्ने बताए ।

वीरेन्द्रनगरमा शनिबार आयोजित कर्णाली युवा सम्मेलनमा उनले कर्णालीका युवालाई रोजगारी सिर्जना गर्न मुख्यमन्त्री रोजगार कार्यक्रम ल्याएको बताए । ‘सरकारले युवा लक्षित नीति, योजना र बजेट ल्याएको छ,’ उनले भने, ‘युवाले पनि विकासमा साझेदारी गर्दै अघि बढ्नुपर्छ ।’


साना तथा मझौला उद्यमको विकास गरी रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना रहेको उनले बताए । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले भने गरिबी र बेरोजगारीको चपेटमामा परेका युवालाई राहत हुने गरी सरकारले ठोस कार्यक्र ल्याउन नसकेको बताए । समस्या पहिचान गरेरमात्र योजना बनाउन उनले सरकारलाई सुझाव दिए ।


प्रदेशसभा उपसभामुख पुष्पा घर्तीले कर्णाली प्रदेशमा रहेका विकासका सम्भावना उजागर गर्न युवा सहभागिता अनिवार्य रहेको बताइन् । पछिल्लो समय समाजमा रहेका भेदभावविरुद्ध युवा अभियान पनि सञ्चालन गर्न उनले सुझाव दिइन् ।


राष्ट्रिय युवा गैरसरकारी महासंघका केन्द्रीय अध्यक्ष कमल सुवेदीले युवा सहभागिताबिना दीगो विकास लक्ष्य पुरा गर्न असम्भव भएको बताए । युवालाई राज्यका हरेक नीति–निर्माण प्रक्रिया सहभागी गराइनुपर्नेमा पनि उनले जोड दिए ।


प्रदेशका १ सय १५ युवा सहभागी सम्मेलनले सल्यानका प्रतीक इच्छुक शर्माको संयोजकत्वमा कर्णाली प्रदेशस्तरीय समिति गठन गरेको छ । समितिमा १० वटै जिल्लाका १–१ सदस्य छन् ।

प्रकाशित : असार ८, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?