होमस्टेको बजेट अलपत्र

मुगु — रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रभित्र होमस्टे सञ्चालनका लागि विनियोजन गरिएको बजेट अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारमार्फत वन डिभिजन कार्यालयमा आएको ७५ लाख रुपैयाँ बजेट फ्रिज जाने अवस्थामा पुगेको हो ।

होमस्टेको बजेट आए पनि कसैले प्रस्ताव नहाल्दा बजेट फ्रिज जाने अवस्थामा पुगेको हो ।


ताल्चा, लामाचौर र बजेडीमा होमस्टे स्थापनाका लागि ७५ लाख रुपैयाँको अख्तियारी आएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार होमस्टे सञ्चालनका लागि बोलपत्र खोलेर स्थानीय फर्मसँग सम्झौता गरी बजेट निकासा दिने नियम छ ।


अहिलेसम्म कुनै फर्म दर्ता नहुँदा रकम खर्च गर्न समस्या भएको डिभिजन प्रमुखभरत बुढथापाले बताए । एउटा होमस्टे सञ्चालनका लागि २५ लाख रुपैयाँ आएको उनले जानकारी दिए । ‘होमस्टे सञ्चालनपछि पर्यटकलाई खाने(बस्ने सुविधा दिएर स्थानीयले आम्दानी गरुन् भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने, ‘अहिलेसम्म फर्म नै स्वीकृत नहुँदा रकम फिर्ता जाने हो कि भन्ने चिन्ता छ ।’ उनले बजेट कार्यान्वयनका लागि पहल भइरहेको जनाए ।

प्रकाशित : असार ९, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?