२५ हजार घूस सहित शिक्षा इकाई प्रमुख रंगेहात पक्राउ

विप्लव महर्जन

सल्यान — अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले शिक्षा समन्वय इकाई सल्यानका प्रमुख धनबहादुर ओलीलाई २५ हजार नगद सहित रंगेहात पक्राउ गरेको छ । 

सरुवा मिलाइदिने भन्दै पर्वतको महेन्द्र ज्योति माविमा कार्यरत शिक्षक युवराज आचार्यबाट रकम लिएको केही बेरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले इकाई प्रमुख ओलीलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

अख्तियारको टोली पुग्ने बित्तिकै शिक्षा इकाई प्रमुखले शिक्षक आचार्यबाट लिएको रकम आफ्नै कार्यकक्षको भित्तातिर फालेका थिए। ओलीलाई अख्तियारको टोलीले सुर्खेत लगेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित : असार १०, २०७६ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको छ । मंगलबार गुठी विधेयक फिर्तासम्बन्धी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले राखेको प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मत पारित गरेको हो ।

गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आन्दोलन गरेर भ्रम सिर्जना गराइएको उनले आरोप लगाइन्।मन्त्री अर्याललेविधेयकका प्रावधान सही रहेको दाबी गर्दै त्यसबारे फिजाइएको भ्रम चिर्नसमेत सरकारले मौका नपाएको दुखेसो पोखिन्।

गुठी विधेयकको विरुद्ध आन्दोलन चर्किएपछिबिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले असार ८ गते विधेयक फिर्ता लिन राष्ट्रिय सभा सचिवालयमा पत्र दर्ता गरेको हो।

यो पनि

प्रकाशित : असार १०, २०७६ १५:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्