१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पत्रकार गेलाङको मृत्युमा चालक जेलचलान

ज्योति कटुवाल

(वीरेन्द्रनगर, सुर्खेत) — सुर्खेत जिल्ला अदालतले पत्रकार नन्दु गेलाङको मृत्युसम्बन्धी मुद्दामा ट्रकचालकलाई पुर्पपक्षको लागि जेल चलान गरेको छ । सोमबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलाशले चालक सन्तबहादुर राईलाई पुर्पक्षको लागि थुनामा पठाएका हो ।

निमित्त श्रेष्तेदार कल्पना पौडेलका अनुसार आइतबार दायर मुद्दामा राईलाई सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ को दफा १६१ (१) बमोजिम जन्मकैद मागदाबी गरिएको छ । पत्रकार गेलाङको जेठ २९ गते राईले चलाएको ट्रकले ठक्कर दिएर मृत्यु भएको थियो ।


पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापाले ट्रकचालक पुर्पक्षको लागि थुनामा गए पनि सवारीधनी पीडित पक्षलाई राहत दिने सम्बन्धमा गैरजिम्मेवार रहेको बताए ।


प्रकाशित : असार २३, २०७६ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?