कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षाले सडक अवरुद्ध

सल्यान — लगातारको भएको वर्षातका कारण खलंगा–बालुवासंग्रही र थारमारे चौरजहारी सडक अवरुद्ध भएको छ  । ठाउँठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो  ।

अवरुद्ध सडक नखुल्दा बन्गाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका स्थानीयले आवतजावतमा समस्या खेपिरहेका छन् । उनीहरू पैदल हिँड्न बाध्य छन् ।

अवरुद्ध सडकको पहिरो हटाउन डोजर लगाइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डीएसपी वीरेन्द्रबहादुर शाहीले सडक छिट्टै सञ्चालनमा ल्याउन काम भइरहेको बताए ।

प्रकाशित : असार २९, २०७६ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?