१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सेनाको सहयोगमा खानेपानी योजना 

कृष्णप्रसाद गौतम

सुर्खेत — वर्षौदेखि खानेपानी अभावको समस्या झेल्दै आएको लेखबेशी नगरपालिका–१, लेखफर्सामा नेपाली सेनाको उत्तरपश्चिम पृतना शिक्षालयले खानेपानी योजना निर्माण गरेको छ । 

सेनाको सहयोगमा खानेपानी योजना 

शिक्षालयको सहयोगमा लेखफर्सामा २ खानेपानी टंयाकीसहित २ सार्वजनिक धारा निर्माण गरिएको हो ।


सेनाको ‘सैनिक–नागरिक सम्बन्ध’ कार्यक्रमअन्तर्गत ३ लाख लगानी र श्रमदानमा खानेपानी योजना निर्माण गरिएको हो ।

खानेपानी योजना निर्माणका लागि सेनाका १० जवानले ४ महिनासम्म नियमित श्रमदान गरेका थिए ।


करिव अढाइ दशकअघि निर्माण गरिएको खानेपानी योजना जीर्ण बनेपछि सेनासँग सहयोगका लागि आग्रह गरिएको उपभोक्ता समितिका कोषाध्यक्ष मानबहादुर पुनले बताए ।

उनका अनुसार टोप्रेखोला मुहानबाट करिव ३ हजार ८ सय मिटर टाढाको गाउँमा खानेपानी पुर्‍याइएको हो । सेनाले आफ्नै लगानीमा २ हजार ४ सय मिटर पाइप खरिद गरी बिच्छ्याएको उनको भनाइ छ ।


योजना निर्माण भएपछि लेखफर्साका ५० घरधुरी लाभान्वित भएको पुनले जानकारी दिए । उनले खानेपानी वितरण सहज बनाउन दुई स्थानमा १ हजार र ५ सय लिटर क्षमताका पक्की टंयाकी निर्माण गरिएको जनाए ।

प्रकाशित : असार २९, २०७६ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?