२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

हावाहुरीले मकै बालीमा क्षति

रुकुम पश्चिम — जिल्लाका विभिन्न क्षेत्रमा ३ दिनदेखि चलेको हावाहुरीले मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ । दोस्रोपटकको गोडमेल सकेका मकै भाँचिएपछि किसान चिन्तित बनेका छन् । 

हावाहुरीले मकै बालीमा क्षति

सबैभन्दा बढी लेकाली क्षेत्रका मकैमा हावाहुरीले क्षति पुर्‍याएको छ । आठबीसकोट, मुसीकोट, चौरजहारी नगरपालिका, सानीभेरी, बाँफिकोट र त्रिवेणि गाउँपालिकाका लेकाली क्षेत्रमा हावाहुरीले मकै भाँचिदिएको कृषि प्राविधिकको भनाइ छ । बाँफिकोट गाउँपालिका ८, का रामबहादुर केसीले तीन दिनदेखि चलेको हावाहुरीले अधिकांश मकै भाँचिदिएको बताए ।


‘गोडमेल गरी भर्खर उठेका मकै सबै ढलेका छन्,’ उनले भने, ‘डाँठ लाग्दै गरेका मकै ढलेपछि अब उठ्न मुस्किल हुने चिन्ता छ ।’ समयमै लगाइएको मकैबाट राम्रो उत्पादन लिने आश गरिए पनि हावाहुरीले उत्पादनमा ठूलो असर हुने उनको भनाइ छ ।


बाँफिकोट गाउँपालिका कृषि शाखा प्रमुख लोकेन्द्र ओलीले गाउँगाउँमा हावाहुरीले मकै भाँचेको जानकारी दिए । मकै भाँचिएको देखिएको भए पनि कति क्षेत्रफलमा क्षति पुग्यो भन्नेबारे तथ्यांक संकलन नभएको उनको भनाइ छ ।


बाँफिकोट गाउँपालिका १, का अध्यक्ष हर्कु मल्लले हावाहुरीले मकैमा ठूलो क्षति पुर्‍याएकाले अनुगमन सुरु गरिएको जानकारी दिए । मुख्य बालीका रुपमा रहेको मकै बालीमा क्षति पुगेपछि किसान निराश बनेको उनको भनाइ छ ।

प्रकाशित : असार ३०, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?