बलात्कारी बाबुलाई जन्मकैद

रुकुम पश्चिम — आफ्नै छोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई अदालतले जन्मकैदको फैसला गरेको छ । सानीभेरी गाउँपालिकाका ३४ वर्षीय ती व्यक्तिलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको हो ।

रुकुम जिल्ला अदालतका जिल्ला न्यायधीश आत्मदेव जोशीको इजालसले उनलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद गर्ने फैसला सुनाएको हो । ती व्यक्तिलाई आफ्नै १७ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको अभियोग लागेको थियो ।


किटानीसहित उजुरी परेपछि प्रहरीले उनलाई २०७५ को चैत ४ गते पक्राउ गरेर मुद्दा चलाएको थियो । पीडितकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रकाशित : असार ३१, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?