३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सल्यानका सडक बन्द

सल्यान — अविरल वर्षाका कारण सडकमा पहिरो र खाल्डाखुल्डी बढेपछि जिल्लाका करिव दर्जन सढकमा यातायात सेवा बन्द भएको छ । ग्रामीण सडक अबरुद्ध भएपछि यात्रु घण्टौं हिडेर गन्तव्यमा जान बाध्य छन् । वर्षाका कारण लान्ती–लेखपोखरा–दहखोला, लान्ती–स्यानीखाल, ढाडचौर–गुरदासे–तिमिलेलगायत सडक बन्द भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मोख्ला–दमाचौर–झ्।्याम–सुवाओराल, शंखमुल–झिम्पे, शंखमुख–कारागिरी, कोटमौला–पातीहाल्ना, खरिबोट–बाफुखोला, रारेचौर–दार्मा, सिमखोली र खलंगा–बालुवासंग्रही सडकमा पनि यातायातका साधन चल्न सकेका छैनन् । प्रहरीले सल्लीबजार–बामे, खलंगा–मार्के–कालीमाटी, खलंगा–लक्ष्मीपुर, रागेचौर–चौरजहारी, फारुला–नेटाबजार सडकमा समेत गाडीको आउजाउ बन्द भएको जनाएको छ ।


सल्यान–रुकुम यातायात प्रालिका डायल इन्चार्ज सुनील थापाले अधिकांश कच्ची सडक हिलाम्मे भएकाले यातायातका साधन सञ्चालन गर्न समस्या भएको जानकारी दिए । उनका अनुसार कच्ची सडकको स्तरोन्नति नहुँदा वर्षेनि सडक अबरुद्ध हुने गरेको उनको भनाइ छ ।


वर्षायाममा कच्ची सडक हिलाम्मे हुँदा मुख्य सडकमा पनि गाडी धकेल्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको मूलखोलाका दिपक भण्डारीले बताए । उनले ग्रामीण सडकमा गाडी बन्द भएपछि विरामीलाई अस्पताल लैजान समस्या भएको गुनासो गरे । ‘गाडी नचल्दा ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषिजन्य सामग्रीले बजार पाउन सकेको छैनन्,’ उनले भने, ‘दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ ।’


राप्ती लोकमार्ग, छिन्चु–जाजरकोट र खलंगा –सल्लीबजार सडक भने नियमित सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ती सडकमा यातायात सेवा बन्द हुन नदिन स्थानीय तहका डोजर तयारी अवस्थामा राखिएका छन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर शाहीले कच्ची सडकमा यातायात बन्द हुँदा जरुरी कामका लागि बाहिर जाने, विरामी र बृद्ध तथा बालबालिका बढी समस्यामा परेको जनाए ।

प्रकाशित : श्रावण २, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?