कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघ र प्रदेशले बजेट दिएनन्

रुकुम पश्चिम — गत असार १० मा नगरसभामा बजेट पेस गर्दा आठबीसकोट नगरपालिकाले ५० लाख खर्च नहुने र चालु आवमा सर्ने अनुमान गरेको थियो । तर बजेट पारित भइसक्दासम्म बजेट पुगेन । संघीय तथा कर्णाली प्रदेश सरकारले राजस्व बाँडफाँड वापतको रकम नदिँदा काम गरेका उपभोक्ताले भुक्तानी पाउन सकेका छैनन् । 

बाँफिकोट गाउँपालिकाले पनि २५ लाख बजेट अघिल्लो आवमा खर्च हुन नसक्ने अनुमानसहितको बजेट गाउँसभामा पेस गरेको थियो । संघीय सरकार तथा कर्णाली प्रदेश सरकारले राजस्व बाँडफाँड तर्फको बजेट प्राप्त नहुँदा आठबीसकोट र बाँफिकोटले विनियोजन गरेकै योजनाको भुक्तानी दिन सकेनन् ।


आठबीसकोट नगरपालिकामा १ करोड ८७ लाख ५० पुगेन । असार २० पछि संघीय सरकार र कर्णाली प्रदेशले दिने भनेकै रकम दिएनन् । राजस्व बाँडफाँडतर्फ आठबीसकोट नगरपालिकामा संघ र कर्णाली प्रदेशबाट गरी १० करोड ११ लाख ५० रुपैयाँ आउने उल्लेख थियो । प्रतिबद्धताअनुसार बजेट नआउँदा ८९ फाइल भुक्तानीबिनै थन्क्याइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।


उनले नगरपालिकामा असार २० सम्म संघबाट ८ करोड २४ लाख मात्रै राजस्व बाँडफाँड तर्फको बजेट आएको बताए । उनका अनुसार कर्णाली प्रदेशबाट आउनुपर्ने ४ लाख २६ हजार राजस्व बाँडफाँड वापतको रकम आएको छैन ।


बाँफिकोट गाउँपालिकाले तीन वडाका योजनाको भुक्तानी दिन सकेन । संघीय सरकारबाट आउनुपर्ने १ करोड १० लाख र कर्णाली प्रदेश सरकारबाट आउनुपर्ने ३ लाख २४ हजार बजेट नआएपछि काम सम्पन्न भइसकेका योजनाको पनि भुक्तानी दिन नसकिएको प्रमुख प्रशासकीय अधिकृत महेशकुमार गुरुङले बताए ।


लक्ष्यअनुसार राजश्व संकलन नहुँदा आठबीसकोटसहित अधिकांश स्थानीय तहमा राजश्व बाँडफाँट तर्फको बजेट नआएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । जिल्लाका मुसीकोट र चौरजहारी नगरपालिका तथा त्रिवेणी र सानीभेरी गाउँपालिकाले पनि भनिए जति राजस्व बाँडफाँडतर्फको बजेट पाएनन् । मुसीकोट नगरपालिकाले संघबाट पाउनुपर्ने १ करोड ४० लाख र प्रदेशबाट पाउनुपर्ने ७ लाख २५ हजार रुपैयाँ पाएन ।

प्रकाशित : श्रावण ४, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?