कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमयूको बजेट १ अर्ब ३ करोड

वीरेन्द्रनगर — मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतको नवौं सभाको साधारण बैठक काठमाडौं गरिएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी ओलीको अध्यक्षतामा आइतबार सिनेट सम्पन्न भएको हो । सिनेटले आव ०७६/७७ का लागि एक अर्ब बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । 

सिनेटले एमयूको शैक्षिक तथा प्राज्ञिक विकासका लागि भन्दै एक अर्ब ३ करोड ७० लाख २६ हजार बजेट सार्वजनिक गरेको सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिए । जसमा पुँजीगततर्फ ३७ करोड १२ लाख ६२ हजार र संचालनतर्फ ६६ करोड ५७ लाख ६४ हजार बजेट स्वीकृत गरिएको उनले बताए ।


उनका अनुसार चालु आवमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिने, शिक्षक कर्मचारीलाई उत्तरदायी र जिम्मेवारी बनाउने तथा क्षमता अभिवृद्धि गर्नेतर्फ बजेटले जोड दिनेछ । बजेटले विश्वविद्यालयको गुणस्तर सुनिश्चिता प्रत्यायनलाई लक्षित गरेको पनि सूचना अधिकारी केसीले जनाए ।


सभाले सुर्खेतको चौकुने गाउँपालिका र दैलेखको गुराँस गाउँपालिकाको लगानीमा कृषि तथा वन विज्ञानमा आधारित कार्यक्रममा विश्वविद्यालयले समेत स्रोत व्यवस्थापनमा साझेदारी कायम गर्ने गरी आंगीक क्याम्पसका रूपमा अघि बढाउन अनुमति प्रदान गर्ने समेत निर्णय गरेको छ ।


सभाले गत वर्षको ४९ करोड ७७ लाख ३ हजार कुल बजेटमध्ये १६ करोड ८० लाख ९८ हजार पुँजीगत तर्फ र ३२ करोड ९६ लाख ५ हजार संचालन तर्फको खर्च पनि अननुमोदन गरेको छ ।


यसैबीच, विश्वविद्यालयको काठमाडौंमा सिनेट सम्पन्न गरेको भन्दै विद्यार्थीहरूले सुर्खेतमा विरोध गरेका छन् । विरोधस्वरूप विद्यार्थीहरूले सुर्खेतमै सिनेटसमेत गरेको बताइएको छ ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?