कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रांसा कुष्ठरोगको उच्च जोखिममा

जुम्ला — तिला गाउँपालिका ८ र ९ स्थित रांसा गाउँ कुष्ठरोगको उच्च जोखिममा परेको छ । स्थानीय सरकार गठनपछि पहिलोपटक आयोजना गरिएको स्वास्थ्य शिविरमा कुष्ठरोगको लक्षण भेटिएको छ ।

तिला गाउँपालिकाले रांसा, मालापानी, खोप्री र ढिपु गाउँ लक्षित गरी शिविरको आयोजना गरेको थियो । रांसास्थित मालापानीका २ व्यक्तिमा कुष्ठरोगको लक्षण देखिएको तिला गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक जगदीश नेपालीले वताए ।


उनका अनुसार केहीमा कुष्ठरोगको प्रारम्भिक संकेत देखिएका थिए । शिविर आएका कुष्ठरोगीको लक्षण देखिएकालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको उनले जानकारी दिए ।


स्थानीयलाई घरदैलोमै स्वास्थ्य सेवा प्रवाह गर्न विभिन्न गाउँमा शिविर सञ्चालन गर्दै आइरहेको तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले वताइन् । ‘यस वर्षको बजेटमा पनि स्वास्थ्यलाई विशेष प्राथमिकता दिएका छौ,’ उनले भनिन् ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?