१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मुगुमा अज्ञात समूहले वडा कार्यालय जलायो 

कान्तिपुर संवाददाता

मुगु — खत्याड गाउँपालिका-२ को वडा कार्यालयमा अज्ञात समूहले गएराति आगजनी गरेको छ । आगजनीले कार्यालय ध्वस्त भएको छ ।

वडा अध्यक्ष लालबहादुर मल्लको घरमै वडा कार्यालय सञ्चालन गरिएको थियो । उक्त घर आगजनी गर्दा टक्कबहादुर मल्लको आर बि स्टेशनरी र पदम बुढाको मोबाइल पसल समेत जलेर ध्वस्त भएको पीडित परिवारले जनाएका छ ।

'राति १२ बजेतिर हामी अर्को घरमा सुतेका थियौं । अज्ञात समूह आएर वडा कार्यालय रहेको मेरो घरमा मट्टितेल छर्केर आगजनी गर्दा घर ध्वस्त भयो,' वडा अध्यक्ष लालबहादुर मल्लले बताए । कार्यालयको समान सहित धनमाल जलेर खरानी बनेको उनले बताए ।

आगजनी भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय र श्रीकोट प्रहरी चौकीबाट अनुसन्धानको लागि सुरक्षाकर्मी खटाइएको छ ।

प्रकाशित : श्रावण २०, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?