किशोरीलाई आइरन चक्की 

विप्लव महर्जन

सल्यान — कुमाख गाउँपालिकाले किशोरीहरुमा रक्तअल्पताको समस्या नियन्त्रण गर्न पालिकाभरीका किशोरीलाई आइरन चक्की खुवाउन सुरु गरेको छ । गाउँपालिकाले १० देखि १९ वर्षका किशोरीलाई आइरन चक्की खुवाउन सुरु गरेको हो । 

निजी तथा सामुदायिक विद्यालयबाट चक्की खुवाउन सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख मानसिं ओलीले बताए । विद्यालय बाहिर रहेका किशोरीलाई महिला स्वास्थ्य स्वयंसेविकाहरुमार्फत् खुवाउने उनले जानकारी दिए ।


किशोरीलाई ६० मिलीग्राम आइरन र ४ सय ग्राम फोलिक एसिड खुवाउदै आएको र १३ हप्तासम्म निरन्तरता दिने उनले जानकारी गराए । ‘रक्तअल्पताका कारण किशोरीमा विभिन्न किसिमका समस्याहरु देखिने भएकाले त्यसको निराकरणका लागि गाउँपालिकाले आइरन चक्की खुवाउन सुरु गरेको हो’ उनले भने ।


साउनबाट सुरु गरिएको यस कार्यक्रम अन्तर्गत हरेक हप्तामा एक चक्की खुवाइने र तीन महिनासम्म जारी रहनेछ । पोसिलो आहारको अभावमा गाउँघरका किशोरीलाई रक्तअल्पताको समस्या बढी देखिने उनको भनाई छ ।

प्रकाशित : श्रावण २२, २०७६ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?