कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

युवतीलाई जबरजस्ती विष खुवाएको आरोपमा पक्राउ

हरि गौतम

रुकुम पश्चिम — युवतीलाई जबरजस्ती विष खुवाएको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिकाका नायब पशु सेवा प्राविधिक सहायक विष्णु खड्कालाई नियन्त्रणमा लिएको छ । आठबीसकोट–४ कि २४ वर्षीय एक युवतीलाई खड्काले जबरजस्ती विष खुवाएको प्रहरीले जनाएको छ । 

युवतीलाई जबरजस्ती विष खुवाएको आरोपमा पक्राउ

मौखिक उजुरीका आधारमा खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय आठबीसकोटका इन्चार्ज प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताए ।


आइतबार विष खुवाइएपछि सिकिस्त भएकी युवतीलाई आठबीसकोट नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि चौरजहारी अस्पताल पुर्‍याइएको थियो । युवतीको होस खुलेपछि आफूलाई खड्काले जबरजस्ती विष खुवाएको आरोप लगाएकी छन् । सोही आधारमा खड्कालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक कवि रोकायले बताए ।


आरोपित खड्कालाई नियन्त्रणमा लिइएको र पीडित आएपछि घटनाको विषयमा थप अनुसनधान हुने प्रहरी निरीक्षक रोकायले बताए । आठबीसकोट नगरपालिका ४, ५ र ६ नम्बर वडा कार्यक्षेत्र रहेका खड्का करार सेवामा नियुक्त भएका हुन् ।

प्रकाशित : श्रावण २७, २०७६ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?