कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

झुटो विवरण बनाई नागरिकता लिने पक्राउ

भीमबहादुर सिंह

जाजरकोट — जिल्ला प्रशासन कार्यालयमा झुट्टो विवरण पेश गरेर नागरिकता लिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली बाबुछोरा बनी नागरिकताको प्रमाण पत्र लिने उनीहरुलाई जिल्ला प्रशासन कार्यालयको आदेशमा प्रहरीले पक्राउ गरेको हो । नलगाड नगरपालिका –२ का चंखे पुन र उनका नक्कली छोरा कमल सोमबार पक्राउ परेका हुन् । 

झुटो विवरण बनाई नागरिकता लिने पक्राउ

नक्कली बाबु छोरा बनेर नागरिकता लिएको कुरा सार्वजनिक भएपछि प्रशासनले चंखे र कमललाई बयानका लागि नियन्त्रणमा लिएको हो । बयानको क्रममा चंखेले धर्मपुत्रको रुपमा घरमै पालेकोले नागरिकता बनाई दिएको बताएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।


नक्कली बाबुछोरा बनेर नागरिकता लिने दुवैजना प्रहरी हिरासतमा रहेको प्रजिअ बस्नेतले बताए । नागरिकता बनाउन सिफारिस गर्ने नलगाड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रामकुमार जैसीलाई भने बयान लिएर छाडिएको छ । जिल्ला प्रशासनले नै जाजरकोट जिल्लामा बसोबास तथा वंशजको नाता सम्बन्ध कुनैपनि नभएका दाङ घर बताउने कमललाई गत वर्ष नै नागरिकताको प्रमाणपत्र दिएको थियो ।


झुटो विवरण पेश गरेर नागरिकता लिएको पाइए उक्त नागरिकता रद्ध गरी १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान रहेको प्रजिअ बस्नेतले बताए । बयान सकिएपछि यथार्थ खुल्ने र त्यसपछि मात्र आवश्यक कानुनी प्रक्रिाया अघि बढाइने प्रजिअ बस्नेतको भनाई छ ।


प्रकाशित : श्रावण २८, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?