कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विष खुवाएको आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — जबरजस्ती विष खुवाएको आरोपमा आठबीसकोट नगरपालिकाका नायब पशुसेवा प्राविधिक सहायक विष्णु खडकालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । आठबीसकोट नगरपालिका ४, की २४ वर्षीया एक युवतीलाई जबरजस्ती विष खुवाएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ  ।

मौखिक उजुरीका आधारमा उनलाई वडा ४ बाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका इन्चार्ज (प्रहरी निरीक्षक) अच्युतराज आचार्यले बताए । विष खुवाइएपछि आइतबार सिकिस्त भएकी युवतीलाई आठबीसकोट नगर अस्पतालमा पुर्‍याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि चौरजहारी अस्पताल पुर्‍याइएको छ । उनको अवस्था सुध्रँदै गएको छ ।

होस खुलेपछि मात्रै ती युवतीले आफूलाई खडकाले नै जबरजस्ती विष खुवाएको बताएकी थिइन् । सोही आधारमा खडकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खडका आठबीसकोट नगरपालिका ४, ५ र ६ वडा कार्यक्षेत्र रहने गरी करार सेवामा नियुक्त भएका हुन् ।

प्रकाशित : श्रावण २९, २०७६ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?