जंगली च्याउ खाँदा बिरामी बालकको मृत्यु
जाजरकोट — जंगली च्याउ खाएर बिरामी परेका बालकको बुधबार मृत्यु भएको छ । बारेकोट गाउँपालिका ८, बन्डालाका १३ वर्षीय यभराज कुमाईको उपचारका क्रममा मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको हो ।
च्याउ खाँदा यभराजसहित एकै परिवारका २ जनाको मृत्यु भएको छ । यसअघि यभराजकी आमा मनमायाको उपचारका लागि नेपालगञ्जतर्फ लैजाँदै गर्दा मंगलबार सुर्खेतको मेहेलकुनामा मृत्यु भएको थियो । उनीहरुले ३ दिनअघि च्याउको तरकारी खाएर बेहोस भएका थिए । जंगलबाट ल्याएको च्याउको तरकारी खाएर बन्डालामा एकै परिवारका ३ जना बिरामी परेका थिए । बिरामीमध्ये १ जनाको भने घरेलु उपचारपछि निको भएको थियो ।