कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

साँघुबाट चिप्लिएर किशोरीको मृत्यु

एलपी देवकोटा

जुम्ला — जुम्लाको पातारासी गाउँपालिका–४ की एक किशोरीको साँघुबाट खसेर मृत्यु भएको छ । १९ वर्षीया अनरुपा बुढाको जुवा नदीमा बनाएको काठको साँघुबाट खसेर मुत्यु भएको हो । 

शुक्रबार घरबाट घरायसी सामान किनेर लासी बजारबाट फर्कँदै गर्दा पानी परेर चिप्लो भएका कारण साँघुबाट खसेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको डिल्लीचौर प्रहरी चौकीले जनाएको छ ।

पुलबाट चिप्लिएर बगेकी उनी लाम्री गाउँ नजिकै साँघु भएको स्थान भन्दा झण्डै एक किलोमिटर तल ग्याबिनमा अल्झिएको अवस्थामा घाइते भेटिएकी थिइन् । अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा नदी किनारमा घाइते भेटिएको जिल्ला प्रहरी कायालयले जनाएको छ ।

प्रहरी र स्थानीयको सहयोगबाट उद्धार गरी डिल्लीचौर स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज कृष्ण शाहले बताए ।

प्रकाशित : श्रावण ३२, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?