२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चन्द समूहद्वारा मन्दिरको जग्गा कब्जा 

विप्लव महर्जन

सल्यान — तत्कालीन माओवादीले कब्जा गरेको खैराबाङ्ग भगवती मन्दिरको छत्रेस्वरी गाउँपालिका–६ लान्तीमा रहेको गुठीको ६ रोपनी १५ आना जग्गा प्रतिबन्धित चन्द समूहले कब्जा गरेको छ । झन्डा र कालो ब्यानर गाडेर चन्द समूहले उक्त जग्गा कब्जा गरेको हो । 

चन्द समूहद्वारा मन्दिरको जग्गा कब्जा 

चन्द समूहको जनपरिषद्ले जग्गा कब्जाका गर्दै विक्री गरे कारबाहीको चेतावनी समेत दिएको छ ।


जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नयाब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले कसको जग्गा कब्जा गरे भन्ने बारेमा लालपुर्जा नहेरी केही भन्न नसकिने बताएका छन ।

चन्द समूहले गाडेका झन्डा प्रहरीले हटाइसकेको र कसको जग्गा भन्ने बारेमा अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र १, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?