३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

चट्याङ लागेर २२ सैनिक घाइते

कान्तिपुर संवाददाता

बैतडी — बैतडीमा चट्याङ लागेर नेपाली सेनाका २२ जना घाइते भएका छन् । 

मंगलबार साझ ७ बजेर ५० मिनेटमा चट्याङ खस्दा शत्रुमर्दन गुल्मको दशरथचन्द नगरपालिका ३ कठपते स्थित तालिम स्थलमा २२ जना सैनिक घाइते भएका हुन । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको शत्रुमर्दन गुल्मका सेनानी सुदीप बाँनियाले बताए ।


गम्भिर घाइते हुनेमा अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ छन् ।


उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको सेनानी बाँनियाले बताए । सामान्य घाइते १७ जनाको बैतडी अस्पतालमा उपचार भइरहेको छ । हावाहुरीसँगै चट्याङ खसेको हो ।


प्रकाशित : फाल्गुन २, २०७४ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?