कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमाले संसदीय दलको नेतामा शाह

अर्जुन शाह

धनगढी — प्रदेश ७ मा एमाले संसदीय दलको नेतामा बाजुराका प्रकाश शाह सर्वसम्मत चयन भएका छन् । तीन दिनसम्म चलेको एमाले प्रदेश कमिटी बैठकले वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका शाहलाई संसदीय दलको नेता चयन गरेको हो । 

एमाले संसदीय दलको नेतामा शाह

एमाले उपाध्यक्ष तथा प्रदेश ७ का संयोजक भीम रावललाई नेता चयनको अधिकार दिने निर्णय गरेपछि सर्वसम्मतिको प्रयास भएको थियो । प्रदेश सभाका २४ सदस्य मध्ये आंकाक्षी प्रकाश शाह, दीर्घ सोडारी, तारा लामा तामाङ र पठानसिंह बोहराबीच शनिबार बिहानसम्म सहमति हुन नसकेपछि मतदानद्वारा प्रक्रिया अघि बढाएको थियो ।


निर्वाचन कार्यातालिका प्रकाशित गरि प्रक्रिया अघि बढाइएपछि उमेदवारी दर्ता गराएका सोडारी र तामाङले शाहलाई नै दलको नेतामा सहमति दिएपछि शाह सर्वसम्मत चुनिएका हुन् ।


नेता चयन भएपछि शनिबार मुख्यमन्त्रीको सपथ कार्यक्रम छ । मुख्यमन्त्रीसँगै एमालेबाट पठाइने मन्त्रीहरुको टुंगो लगाएर आजै सरकारमा पठाउने तयारी भइरहेको एमालेले जनाएको छ ।




प्रकाशित : फाल्गुन ५, २०७४ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?