कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बस दुर्घटनामा २४ घाइते, तीन जनाको अवस्था गम्भीर

रासस

कैलाली — कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै शनिबार बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।

बस दुर्घटनामा २४ घाइते, तीन जनाको अवस्था गम्भीर

टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नंको बस दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । दुर्घटनामा घाइते भएकाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन ५, २०७४ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?