कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्रीद्वारा पदभार ग्रहण 

कान्तिपुर संवाददाता

धनगढी — प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार बिहान पदभार ग्रहण गरेका छन् । 

मुख्यमन्त्रीद्वारा पदभार ग्रहण 

मुख्यमन्त्री भट्टले पदभार ग्रहण लगत्तै संचारकर्मीसंग प्रतिक्रिया दिंदै राज्यको मूलधारबाट पछाडि पारिएको प्रदेश ७ मा नयाँ युगको सुरुवात भएको बताए ।


‘नयाँ युगको सुरुवात भएको छ, भ्रष्टाचारको अन्त्य, समयानुकूल छिटो छरितो सेवा प्रदान र संघीयताको जग मजबुत गर्ने काम सुरु हुन्छ,’ उनले भने, ‘प्रशस्त साधन स्रोत छन्, सम्भावना पनि निकै बढी छन, प्रदेशका हरेक गाउँमा सुशासन र सरकारको अनुभूति गराउने काम सुरु गर्छौं ।’


आइतबार नै सबै मन्त्रीले पदभार ग्रहण गर्ने मन्त्री परिषद्को कार्यालयले जनाएको छ । अन्य मन्त्रीहरुको पदभार ग्रहण सकिए पछि मन्त्री परिषद्को पहिलो बैठक हुनेछ । शनिबार मुख्यमन्त्रीसहित ६ जना मन्त्रीले सपथ लिएका थिए ।


प्रकाशित : फाल्गुन ६, २०७४ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?