कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ट्रायाक्टर दुर्घटनामा दुईको मृत्यु

कान्तिपुर संवाददाता

अछाम — अछामको रामारोशन–३ मुजाबगरमा आइतबार ट्रायाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटना परी रामारोशन–७ का ३४ वर्षीय नरु भण्डारी र वडा नम्बर–६ का ३३ वर्षीया कलसी साउदको घनास्थलमै मुत्यु भएको हो ।


बिहान ११ बजे से १ त ३१४८ नम्बरको ट्रायाक्टरले कैलासखोलाबाट ढुंगा ल्याउने क्रममा दुर्घटनामा परेको अछाम प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा परी ट्रायाक्टर चालक कालीचरण चौधरी र लेभर डम्बर बटाला घाइते भएका छन् ।

उनीहरुको बयलपाटास्थित अस्पतालमा उपचारका लागि पठाइएको अछाम प्रहरी जनाएको छ ।


प्रकाशित : फाल्गुन १३, २०७४ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?