कारबाही माग गर्दै टीकापुर बजार बन्द

गणेश चौधरी

टीकापुर — टीकापुरमा बिहीबार राती भएको युवकको हत्यामा संलग्नलाई कारबाही माग गर्दै शनिबार टीकापुर बजार बन्द गरिएको छ ।  

होली खेलिरहेका बेला २२ वर्षीय कर्ण थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । घटनाको छानबिन र संलग्नलाई कारवाही माग गर्दै बजार बन्द गरिएको हो ।

मृतकका आफन्तले इलाका प्रहरी कार्यालय अगाडि धर्ना दिइरहेका छन् ।घटनामा संलग्न रहेको आशंकामा १४ जनालाई नियन्त्रणमा लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १९, २०७४ १२:२०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पॉच वर्षीय बालिका बलात्कृत  

कान्तिपुर संवाददाता

गुलरिया — बढैयाताल गाउँपालिका—६ मा शुक्रबार पॉच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कार आरोपमा स्थानीय २१ वर्षीय सुरेश थारुलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कृत बालिकाको जिल्ला अस्पताल गुलरियामा स्वास्थ्य परीक्षण गरिएको छ ।

पक्राउ परेका थारु बिरुद्ध जर्बजस्ती करणी मुद्दा दायर गरिएको प्रहरी उपरिक्षक जनक भट्टराईले बताए । उक्त घटना सदरमुकाम गुलरियाबाट करिब १५ किलोमिटर पुर्वमा भएको हो ।

प्रकाशित : फाल्गुन १९, २०७४ ११:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT