१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नगरमा खुल्यो सूचना केन्द्र

कान्तिपुर संवाददाता

साँफेबगर, अछाम — देशभरका ७ सय ५३ स्थानीय तहमध्ये साँफेबगर नगरपालिका नगर डाटा पोर्टल तथा सूचना प्रविधि केन्द्र स्थापना गर्ने पहिलो स्थानीय तह भएको छ ।

नगरमा खुल्यो सूचना केन्द्र

उक्त केन्द्रको शनिबार साँफेबगरमा उद्घाटन गरिएको हो । नगरका जनताको प्रविधिमा पहुँच पुर्‍याउने मुख्य लक्ष्यका साथ यो कार्यक्रम विस्तार गरिएकाका मेयर लबहादुर कुँवरले बताए ।


अब नगरपालिकाभित्र भएका नीतिगत निर्णय तथा कार्यक्रमका बारेमा सजिलै जानकारी पाउन सकिने उनले बताए । ‘जनताको अपेक्षा अनुसार सेवा प्रदान गर्न, सुशासन, जवाफदेहिता र पारदर्शी बन्नका लागि सूचना प्रविधि केन्द्र विस्तार गरेका हाैं,’ कुँवरले भने, ‘स्थानीय सरकार आएको अनुभूति महसुस गराउनका लागि जनताको आवश्यकतालाई ध्यानमा राखेको छु ।’


मालिका विकास संघको आर्थिक सहयोगमा नगरमा सूचना प्रविधि केन्द्र स्थापना गरिएको कुँवरले बताए । जनप्रतिनिधि भइसकेपछि नगरपालिकाको कार्यालयमा सीसी क्यामेरा जडान समेत गरिएको छ । अछाम क्षेत्र नम्बर १ को प्रदेश सभा १ का सांसद गोविन्द कुँवरले १० वटै तहमा यो सेवा विस्तार गर्नुपर्ने बताए । ‘मैले आफ्नो प्रदेश भित्रका सबै वडाध्यक्षसँग छलफल गरिसकेको छु, उनले भने, ‘अब चाँडै विस्तार गर्नेछाैं ।’

प्रकाशित : फाल्गुन २०, २०७४ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?