कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बालविवाहले बहुविवाह, त्यसपछि बिचल्ली

वसन्तप्रताप सिंह

बझाङ — मष्टा गाउँपालिका भातेखोलाकी लक्ष्मी धामीको विवाह १४ वर्षको उमेरमा भयो । विवाहको ४ वर्ष पछि श्रीमान्ले सौता हाले । सौताको घरमा प्रबेश भए संगै उनका दुर्दिन पनि सुरु भए ।

बालविवाहले बहुविवाह, त्यसपछि बिचल्ली

५ वर्षकी छोरीसंँगै उनी अहिले सदरमुकाममा मजदुरी गरेर जीवन विताइ रहेकी छन । ‘सौता आए पछि सबै परिवार मिलेर कुट्न थाले’ उनले भनिन्, ‘कुन दिन मार्छन् जस्तो लागेर भागेर चैनपुर आएँ’ मुद्दा हाल्छे भनेर ससुराले उनको नागरिकता समेत खोसिदिएको पीडा पोख्दै उनले भनिन, ‘अहिले पनि चैनपुरमा कोसँग सल्केकी छस् । तलाई मारिदिन्छु भनेर धम्काउछन । मलाई घरमा पनि बस्न दिएनन् । घर छोडेर आउँदा पनि मार्ने धम्की दिन्छन् । गरी खानु न मरी जानु भएको छ ।’

जयपृथ्वी नगरपालिका ३ कि रुद्री जोशीको पनि १३ वर्षको उमेरमा विवाह भएको थियो । सुरुमा सम्बन्ध पनि राम्रै थियो । उनका श्रीमान् पढन काठमाडौं गए । १ वर्ष काठमाडौं बसेर फर्केपछि उनलाई ‘त काली मेरो लायक छैनस्, घरबाट निस्केर जा’ भनेर कुटपिट गर्न थाले । अर्काे वर्ष त उतैबाट अर्काे बिहे गरेर ल्याए । छोराले अर्काे बिहे गरेपछि रुद्रीका सासूससुरा र जेठानी पनि कुट्न थाले । दिनहुँको मारपिट सहन नसकेर उनी घर छोड्न बाध्य भइन् । दुई वर्षदेखि सदरमुकाम चैनपुरको छेउमा रहेको सेती नदीमा गिटी कुटेर जीवन निर्वाह गरिरहेकी उनले अदालतमा अंश मुद्दा हालेकी छन् । उनि भन्छिन्, ‘सानै उमेरमा विवाह गराइदिएर बुबाआमाले धर्म कमाउने नाममा पाप गरे । त्यसको सजाय मैले भागिरहेकी छु ।’

१३ वर्षको उमेरमा तामझामका साथ विवाह हुँदा दौलीचौर गाविसकी राजुला बोहराले केही वर्षमै बेवारिसे हुनुपर्ला भन्न कल्पनासमेत गरेकी थिइनन् । श्रीमान्को निरन्तर कुटाइका कारण २८ वर्षको उमेरमै उनको जिउ कटकटी दुख्छ । ८ वर्षको अवधिमा ३ वटा सन्तान जन्माएकी उनको तल्लो पेट पनि दुखिरहन्छ । डाक्टरले पाठेघरमा घाउ भएको बताएका छन् । तर उनीसँग उपचार गर्ने क्षमता छैन ।

श्रीमान्ले अर्काे विवाह गरेपछि घरबाट निकालिएकी उनी सकीनसकी बाहुलीखोलाको किनारमा गिट्टी फुटाउँछिन् । त्यसैले आफूसँग रहेको ६ वर्षको छोराको पढाइ खर्च, खाना र डेरा भाडा चलाउँछिन् । ‘छोराको माया लाग्छ र बाँचेकी छु,’ उनी विरहका साथ भन्छिन् । ‘छोरो कसैको जिम्मा लाउन पाए । सेतीमा हाम फालेर मर्ने थिएँ ।’

प्रकाशित : चैत्र ७, २०७४ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?