कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चट्याङबाट डोटीमा दुई बालकको मृत्यु 

मोहन शाही

डोटी — डोटी जोरायल गाउँपालिका–२ डाँडाखालीमा बुधबार दिउँसो चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार मृत्यु हुनेमा स्थानीय चक्र भण्डारीका ११ वर्षीय छोरा ओमप्रसाद भण्डारी र खेम भण्डारीका नौ वर्षीय छोरा भुवन भण्डारी रहेका छन् ।

चट्याङबाट डोटीमा दुई बालकको मृत्यु 

खेम भण्डारीका घरको भान्सामा खेलिरहेका बेला परेको चट्याङले दुवैको ज्यान गएको सिंहले जानकारी दिए ।


घटनास्थल पुगेर प्रहरीले पोस्टमार्टमको प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।


प्रकाशित : चैत्र २८, २०७४ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?