१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ढिस्कोले ज्यान जोखिममा

मेनुका ढुंगाना

अछाम — माटोको ढिस्कोमा परेर अछाममा ज्यान गुमाउने र घाइते हुने धेरै छन् । घर पोत्नका लागि महिलाहरू प्रत्येक महिनाको एकपटक माटोको खाडल भएको ठाउँमा पुग्छन् ।

ढिस्कोले ज्यान जोखिममा

ज्यान जोखिममा राखेर माटो खन्ने कतिपय महिलाहरू अंगभंग भएका छन् । कत्तिको त ज्यानसमेत गएको छ ।
विशेषगरी, दसैंमा पूरै घर पोत्नुपर्ने प्रचलन भएकाले त्यतिखेर ज्यान जाने र घाइते धेरै हुने गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

धेरै ठूलो खाल्डो भएका ठाउँमा पुग्दा मात्र अलिकति डर लाग्ने तर सामान्य खाल्डोमा कुनै डरको महसुस नहुने मंगलसैन–४ की भावना केसीले बताइन् । ‘हतार हतार हुन्छ, कतिखेर माटो खनेर घर फर्किने र केटाकेटी हेरविचार गर्ने भन्ने नै चिन्ता हुन्छ,’ उनले भनिन् । माटो लिन महिला नै जानुपर्ने बाध्यात्मक अवस्थाले महिला नै जोखिममा पर्ने गरेको उनको ठहर छ ।

अछाममा घट्ने धेरै घटनामा महिलाहरू प्रत्यक्षरूपमा हिंसामा पर्नेमध्ये माटोको ढिस्कोमा हुने घटना पनि मुख्य घटनाका रूपमा रहेको अछामका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले बताए । यस्तै, अछाममा बालुवा निकाल्ने जोखिम मोलेर काम गर्ने कामदारहरूको पनि ज्यान जाने गरेको न्यौपानेले बताए । जिल्लाको ढकारी, रामारोशन, मेल्लेख, बान्नीगढी जयगढ, मंगलसैन र साँफेबगरमा यस्ता धेरै घटना घट्ने गरेको उनले बताए । ‘माटोको ढिस्को खसेर घाइते भएका र ज्यान गएका धेरै घटना प्रहरीसम्म पुग्दैनन् । स्वास्थ्य संस्थाको रेकर्ड हेर्दा अछाममा यो समस्या धेरै छ ।’

८ महिनामा १४ घटना घटे
जिल्लामा माटोको ढिस्कोमा परेर १४ घटना ०७४ साउनदेखि चैतसम्म प्रहरी कार्यालय अछामका दर्ता भएका छन् । ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । १० जना घाइते भएका छन् । माटो खन्दा सुरक्षामा ध्यान नदिने र घर पोत्न रातो माटोकै प्रयोग गर्ने प्रचलनका कारण घटना हुने गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित : वैशाख २, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?