२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भैंसीको अवैध निकासी

मेनुका ढुंगाना

अछाम — तुर्माखाद गाउँपालिकाको जंगलघाट नाका हुँदै एकै महिनामा दर्जनौं भैंसी अवैध रूपमा सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायत सहरमा निकासी हुने गरेको छ । ठूला होटल व्यवसायीहरूले एजेन्ट परिचालन गरेर गाउँगाउँबाट भैंसी संकलन गरी लैजाने गरेका हुन् ।

भैंसीको अवैध निकासी

अछाम–


अवैध रूपमा भैंसी निकासी हुन थालेपछि प्रत्येक वर्ष हुने जिल्ला परिषद्मा भैंसी निकासी रोक्ने निर्णयसमेत हुने गरेका थिए ।


पहिलापहिला बाजुराबाट भैंसी लिन पाउने अनुमति लिएर ठेकेदारहरूले अछामका भैंसीसमेत अवैध रूपमा लिन थालेपछि जिल्लामा त्यसको चर्को विरोध भएको थियो ।


भैंसी तस्करीको आरोप केही ठेकेदारलाई लाग्दा उनीहरूले अहिले इजाजतपत्र लिएर अछामबाट भैंसी धमाधमा बाहिर लिन थालेका हुन् । दूध दिने भैंसीहरूसमेत स्थानीय दलालको माध्यमबाट बाहिरिँदा दूध, दही र घ्युको मूल्य पनि बढेको छ । केही वर्षअघि एक किलो घ्युको मूल्य ३ सय थियो भने अहिले ७ सय पुगेको छ । ‘हामी यताबाट १२ हजारदेखि २० हजारमा भैंसी किन्छौं । फाइदा ठिकै हुन्छ ।’ मंगलसैनमा भैंसी खरिद गर्दै आएका उदय भाटले भने ।


स्थानीय स्तरमा भएका स्रोत साधनको सदुपयोग र परिचालन गर्नु स्थानीय सरकारको मुख्य जिम्मेवारी हो । तर अछाममा भने दुहुना भैंसीको अवैध निकासीसमेत रोक्नेतर्फ स्थानीय तहका पदाधिकारी अग्रसर भएका देखिँदैनन् । ‘चाँडै १० वटै तहका प्रमुख/उपप्रमुखलाई भेला गरेर भैंसी बाहिरिनबाट रोक्नका लागि पहल गर्ने विषयमा ध्यानाकर्षण गराउँछु,’ जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले भने ।

प्रकाशित : वैशाख ३, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?