कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

डोटीमा जिप दुर्घटना, ३ को मृत्यु, १६ जना घाइते

उद्धार कार्य जारी
मोहन शाही

डोटी — यात्रुबाहक बोलेरो जिप दुर्घटना हुँदा शनिबार अपराह्न डोटीमा ३ जनाको मृत्यु भएको छ । साँघुरो सडकमा गुडिरहेको ग १ ज नम्बरको जिप खस्दा शिखर नगरपालिका-३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी भुल र १४ वर्षीय सुरज भुलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज दिलबहादुर कुँवरले जानकारी दिए ।

डोटीमा जिप दुर्घटना, ३ को मृत्यु, १६ जना घाइते

यात्रुबाहक बोलेरो जिप दुर्घटना हुँदा शनिबार अपराह्न डोटीमा ३ जनाको मृत्यु भएको छ ।

साँघुरो सडकमा गुडिरहेको ग १ ज नम्बरको जिप खस्दा शिखर नगरपालिका-३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी भुल र १४ वर्षीय सुरज भुलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज दिलबहादुर कुँवरले जानकारी दिए । दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुमध्ये दुईको अवस्था चिन्ताजनक छ ।


अपराह्न चार बजेतिर भएको दुर्घटनाको उद्धार कार्य चलिरहेको छ । घटना भएको डेढघण्टापछि एम्बुलेन्स घटनास्थल पुगेको छ ।


जिप धनी २४ वर्षीय भीम भुलले आफैले चलाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेका स्थानीयका अनुसार जिप मोड्न नसकेर जिप खसेको थियो ।


प्रकाशित : वैशाख ८, २०७५ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?