१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

डोटी जिप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो

रासस

डोटी — डोटीमा शनिबार अपराह्न भएको जिप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

डोटी जिप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो

बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका-८ लाटामाडौँकी ३५ वर्षीया झाकरी भुल र नगरपालिका-३ की २८ वर्षीया धौलीदेवी भुल छन् ।


यसअघि शिखर–३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय सुरज भुलको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा घाइते रहेका १४ जनामध्ये एक जनाको नेपालगञ्ज र १३ जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।


शनिबार अपराह्न दिपायलबाट शिखर–३ जोरागाउँ जान लागेको ग १ ख ५२७५ नंको बोलेरो जिप दुर्घटना भएको थियो ।

प्रकाशित : वैशाख ९, २०७५ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?