कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिलोमुक्त बनाइने

दार्चुला — सडकको पहुँच नपुगेको दार्चुलाको दुर्गम ब्याँँस गाउँपालिकाले पैदल हिंडाइलाई सहज बनाउन हिलोमुक्त गाउँपालिका बनाउन चालु आर्थिक वर्षबाट प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न लागेकोछ ।

हिलोमुक्त बनाइने

गाउँपालिकामा विकाससंगै सबै बस्तीमा पुग्न सजिलोका लागि घोरेटो पीसिसी बाटोमार्फत हिलोमुक्त बनाइन लागेको हो ।

‘गाउँपालिकाभरिका ६ वटै वडाहरूमा हिलोमुक्त अभियानका लागि पिसीसी गरि घोरेटो बाटो निर्माण भईरहेको छ’ गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले भने, ‘केही वडाहरूमा चालु आवबाटै पीसीसी बाटो निर्माण भएको छ ।’ चालू आर्थिक वर्षमा हिलोमुक्त गाउँपालिका बनाउन २ करोड ५९ लाख ५ हजार बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाभित्रका हरेक बस्तीका बाटोहरू पीसीसी गरी बनाइने अवधारणाअन्तर्गत हिलोमुक्त गाउँपालिका अभियान थालिएको उनले बताए । ‘सबैभन्दा बढी हिलो हुने क्षेत्रमा पहिले निर्माण थालिएको हो । मान्छे हिंड्ने बाटोमा अबको ५ वर्षभित्र हिलो हुनेछैन,’ उनले भने, ‘बाटोभरि ढुंगा राखिनेछ ।’ हरेक वडा र गाउँपालिकाबाट विनियोजन भएको बजेटले सबै क्षेत्रमा काम सुचारु गरिएको र केही ठाउँमा चालु आवमा निर्माण गर्नुपर्ने बाटो निर्माण भइसकेको छ ।

गाउँपालिकाले सञ्चालन गर्ने गरी हिलोमुक्त बनाउन ९४ लाख बजेट विनियोजन गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । यसै अभियानमा प्रत्येक वडाहरूले चालु आवको बजेटमा प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् । चालु आवमा वडा नम्बर १ ले १५ लाख विनियोजन गरेको छ ।

प्रकाशित : वैशाख १०, २०७५ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?