ज्येष्ठ नागरिकहरू भए खुसी

मोहन शाही

डोटी — ज्येष्ठ नागरिकको भूमिकालाई कदर गर्दै वडा कार्यालयलले ३७ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । दिपायल सिलगढी नगरपालिकाको २ नं वडा कार्यालयले औपचारिक कार्यक्रमका बीच सोमबार सम्मान गरेको हो ।

ज्येष्ठ नागरिकहरू भए खुसी

वडाका ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरिएको वडाअध्यक्ष राजेन्द्र खड्काले बताए । उनले अहिले पनि समाजमा ज्येष्ठ नागरिकहरूको भूमिका अतुलनीय रहेको भन्दै सम्मान गरिएको जानकारी दिए । वडामा रहेका ७७ वर्ष नाघेकालाई सम्मान गरिएको थियो ।

सम्मानपछि ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरे । ८० वर्षको उमेर कटेका लालबहादुर खड्काले सम्मानले आफूलाई समाजमा अझै बाँच्नका लागि प्रेरणा दिएको बताए । ‘अझै राम्रो काम गर्दै जानुस्, तपाईंहरूलाई हाम्रो आशिष लाग्नेछ,’ खड्काले सम्मान ग्रहण गर्दै खुसी व्यक्त गरे, ‘राजनीतिक पुर्वाग्रह नगरी विकास निर्माणमा जुट्न आग्रह गर्छु ।’

उमेर नाघेसँगै समाजमा भूमिकाविहीन अवस्थामा रहेको सम्भँmदै अधिकांशले बोझका रूपमा ज्येष्ठ नागरिकहरूलाई लिइरहेको प्रति भने उनीहरूको दुखेसो थियो । परिवार, समाज चारैतिरबाट भइरहेको अवहेलनाप्रति खिन्नता प्रकट गर्दै ७८ वर्षीय मोहनदत्त पाठकले वृद्धवृद्धाहरूलाई सम्मान र कदरको अभाव खड्किरहने बताए । ज्येष्ठ नागरिकहरूलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । दिपायल सिलगढी नगरपालिकामा पहिलो पटक यसरी ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको हो । आगामी दिनमा अन्य विशिष्ट व्यक्तिहरूलाई पनि कदर गर्दै जाने वडाअध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । पछिल्लो समय स्थानीय तहहरू ज्येष्ठ नागरिक, अपांग, एकल महिला, दलित, जनजातिलगायतको मन जित्न विभिन्न रचनात्मक कार्यक्रम ल्याइरहेका छन् ।

प्रकाशित : वैशाख ११, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?