कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्युत वितरण केन्द्रमा आगलागी

मोहन शाही

डोटी — नेपाल विद्युत प्राधीकरण दिपायलको वितरण केन्द्रमा आज बिहान आगलागि भएको छ । आठ बजे लागेको आगलागी नियन्त्रणमा आइसकेको छ ।

विद्युत वितरण केन्द्रमा आगलागी

विद्युत प्राधिकरणमा चट्याङ पर्दा आगलागी भएको हुनसक्ने कर्मचारीहरुले बताएका छन् । आगलागी पछि डोटी र अछाममा विद्युत प्रशारण अवरुद्ध भएको छ । विद्युत प्रवाह गर्ने उपकरणहरु फेडर र इनकमरमा आगो लागेको कर्मचारी शेरबहादुर कठायतले बताए ।


आगलागीका कारण कति क्षती भएको छ भन्नेबारे बताउन नसकिने कर्मचारीहरु बताइरहेका छन् । दिपायल वितरण केन्द्रमा यो तेस्रोपटक आगलागी भएको हो । विद्युतलाई सुचारु गर्न कम्तीमा तीन दिन लाग्ने बताइएको छ ।


प्रकाशित : वैशाख १९, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?