कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कृषि पढाउन छलफल

डोटी — प्रदेशको सबै भन्दा पुरानो डोटी बहुमुखी क्याम्पसमा कृषि विज्ञान विषयमा स्नातक तहसम्मको पढाइ सुरु गर्न सरोकारवालासँग छलफल गरिएको छ ।

कृषि पढाउन छलफल

क्याम्पसलाई प्राविधिक क्याम्पसका रूपमा स्तरोन्नति गर्न कृषि विज्ञान विषयको पढाइका लागि तयारी गरिन लागेको हो । त्यसका लागि सम्बन्धन लिनुअघि आवश्यक पूर्वाधार, स्रोत र जनशक्तिबारे मंगलबार जनप्रतिनिधिलगायत सरोकारवालासँग छलफल गरिएको छ । ‘कृषि विज्ञान विषय पढाउनका लागि पर्याप्त कृषियोग्य जमिन, भौत्तिक स्रोतसाधन चाहिन्छ,’ डोटी क्याम्पस प्रमुख कृष्ण कठायतले भने, ‘क्याम्पसको आफ्नो पुँजी त्यति छैन, सबैबाट सहयोग भयो भने पढाइ जसरी पनि अघि बढाउँछौं ।’


छलफलमा जनप्रतिनिधिहरूले क्याम्पसलाई कृषि विज्ञान विषयको अध्ययनका लागि सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । कृषि र पर्यटनलाई प्राथमिकतामा दिएका स्थानीय तहका जनप्रतिनिधिहरूले डोटीमा कृषि विज्ञान विषयको पढाइ उपलब्धिमूलक हुने सुझाव दिए ।


छलफलमा डोटीका दुई नगरपालिका र ७ गाउँपालिकाबाट जनप्रतिनिधिहरू सहभागी रहेका थिए । ‘हामीले के गर्नुपर्छ, स्पष्ट खाकासहित प्रस्ताव ल्याउनुस्,’ सिलगढीमा आयोजित छलफल कार्यक्रममा केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले भने, ‘अबको शिक्षा सीप हुनैपर्छ, त्यसलाई प्राथमिकतामा राख्न तयार छौं ।’


डोटी क्याम्पसलाई प्राविधिक शिक्षालयका रूपमा स्तरोन्नति गर्न लागिएको डोटी बहुमुखी क्याम्पस प्रमुख कृष्णबहादुर कठायतले बताए ।


डोटी क्याम्पस ०१७ सालमा स्थापना भएको हो । गत शैक्षिक सत्रबाट डोटी बहुमुखी क्याम्पसमा कम्प्युटर विज्ञान विषयमा स्नातक तहको पढाइ सुरु भइसकेको छ । आगामी शैक्षिक सत्रबाट कृषि विज्ञानको पढाइ सुरु गर्ने योजना क्याम्पसको छ ।

प्रकाशित : जेष्ठ २, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?