बेवारिसे शव भेट्टियो 

गणेश चौधरी

टीकापुर — कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरको जमरा कुलो किनारमा करिब २२ वर्षीय पुरुषको शव फेला परेको छ । 

बेवारिसे शव भेट्टियो 

अर्धनग्न अवस्थामा भेटिएको शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।


गोठाला गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृति हेर्दा अर्को ठाँउबाट शव ल्याएर फालेको हुन सक्ने इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७५ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?