कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरु भयो ‘हेलो सीएम’

अर्जुन शाह

धनगढी — जनगुनासो सुनुवाइ तथा सुशासन कायम गर्ने उद्देश्यले प्रदेश ७ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार ‘हेलो सीएम’ कार्यक्रम सुरु गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यक्रमको उद्घाटन गरे ।

सुरु भयो ‘हेलो सीएम’

अल्पकालीन बजेटको नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरी मुख्यमन्त्रीको कार्यालयले उक्त कार्यक्रम सुरु गरेको हो । सर्वसाधारणको गुनासो, अभिव्यक्ति, पीरमर्कालाई सोझै प्रदेशसरकारसम्म पुर्‍याउन ‘हेलो सीएम’ कार्यक्रम सुरु गरेको मुख्यमन्त्री भट्टले बताए ।

अब सर्वसाधारणले आफ्ना गुनासा, सुझाव तथा पीरमर्कालाई सोझै मुख्यमन्त्री, मन्त्री सचिवहरूसमक्ष पुर्‍याउन सक्ने मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव लक्ष्मीराम पौडेलले बताए । जनताको कामको प्रभावकारिता बढाउन चौबीसै घण्टा खुला रहने गरी प्रदेश सरकारले पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०–९१५२७२३ तथा फ्याक्स नं. ०९१–५२५५७२ दिएको छ । सेवाग्राहीले इमेल मार्फत समेत पठाउन सक्ने व्यवस्था मिलाइएको छ । उद्घाटन कार्यक्रममा अन्य मन्त्रीहरूसमेत उपस्थित थिए ।

संघीय संरचनाअनुरूप प्रदेशसभा तथा प्रदेश सरकार गठन भएपछि जनताका अपेक्षाहरू ह्वात्तै बढेका थिए । सरकार गठन भएको सय दिन पुग्नै लाग्दा प्रदेश सरकारप्रति जनताको आकर्षण सुरुमा जस्तो कायम देखिँदैन । प्रदेश सरकारका मन्त्रीहरूले केन्द्र सरकारले हकअधिकार प्रदेशलाई हस्तान्तरण गर्न नचाहेकोले सोचजस्तो काम गर्न कठिनाइ भएको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेशसभामै गुनासो पोखेका थिए । ‘थुप्रै कठिनाई तथा बाध्यताकाबीच जनतालाई प्रदेश सरकारले सरकारको अनुभूति गराउनैपर्छ,’ मुख्यमन्त्री भट्टले भने ।

प्रकाशित : जेष्ठ ८, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?