३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बालिकालाई यातना

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकाकी एक बालिकालाई विभिन्न प्रलोभनमा पारी बन्धक बनाई यातना दिने दुई जना भारतीय नागरिकविरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहिबार भारत उत्तराखण्डको पिलिभितका इन्तजार अहमद र सोहिब अहमदविरुद्ध मुद्दा दत्र्ता गरेको हो ।

बालिकालाई यातना

भीमदत्त नगरपालिकाकि १५ वर्षीया बालिकालाई ललाइफकाई भारत उत्तराखण्डको टनकपुर पुर्‍याएर बन्धक बनाई शारीरिक यातना दिएको प्रहरीले जनाएको छ ।

ती बालिकालाई एक कोठामा ३ दिनसम्म बन्धक बनाई यातना दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीले बताए । बन्धक बनाइएकी बालिकालाई कञ्चनपुर प्रहरीको टोलीले बुधबार भारतीय प्रहरीको सहयोगमा उद्दार गरेको हो ।

उद्दारका क्रममा बन्धक बनाउने दुवैजना भारतीय नागरिकलाई पक्राउ गरिएको डिएसपी सेठीले बताए । ‘अहिले अनुसन्धान चलिरहेको छ,’ उनले भने, ‘उनीहरूले बालिकालाई कसरी लगे र कति दिन त्यहाँ राखे भन्नेबारे केही खुलेको छैन ।’ बगर तथा जमिन भाडामा लिएर तरकारी खेती गर्न आएका अहमद र सोहिबले उनलाई टनकपुरमा ३ दिनसम्म बन्धक बनाई राखेको स्रोतले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?