कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ठगिए महिला

टीकापुर — सिद्धबाबा दुना–टपरी उद्योगमा काम लगाइदिने भन्दै सञ्चालकले यहाँका ८७ जना महिलालाई ठगेका छन् ।

ठगिए महिला

पीडित महिलाले आफूहरूबाट १० लाखभन्दा बढी रकम संकलन गरी लगेको बताएका छन् । रकम असुल उपर गरिदिन ती महिलाले इलाका प्रशासन कार्यालय टीकापुरमा निवदेन दिएका छन् ।


सिद्धबाबा दुनाटपरी उद्योगका सञ्चालक देवेन्द्र शाही र उनकी श्रीमति सुस्माकुमारी साउद शाहीले ठगेका हुन् । उनीहरू ललितपुरको लुभुमा बसिरहेको स्रोतले बताएको छ ।

उद्योग सञ्चालकले आफूहरूलाई रोजगारी दिने र लगानीका आधारमा तलब दिने आश्वासन दिएको महिलाले बताए । प्रत्येक महिलाले न्यूनतम २६ सय रुपैयाँ लगानी गर्नुपर्ने सर्त सञ्चालकले राखेका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?