एम्बुलेन्स दुर्घटनामा चार जना घाइते

रासस

बैतडी — दार्चुलाबाट धनगढी जाँदै गरेकाे एम्बुलेन्स बैतडीमा दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् ।

एम्बुलेन्स दुर्घटनामा चार जना घाइते

घाइते हुनेहरुमा बिरामी रहेका दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ वर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ ।

दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म१झ १०३ नम्बरकाे एम्बुलेन्स अाइतबार बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका–३ धरमघर नजिकै दुर्घटनामा परेको हो ।

घाइते सबैको प्रहरीले उद्धार गरेको थियो । घाइतेहरु चारै जनाकोे उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?