कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रदेश ७ मा नेकपा संसदीय दलको नेतामा भट्ट, उपनेतामा शाह

अर्जुन शाह

धनगढी — प्रदेश ७ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन भएका छन् । एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि पहिलो पटक बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेतामा चयन गर्ने निर्णय गरेको हो ।

प्रदेश ७ मा नेकपा संसदीय दलको नेतामा भट्ट, उपनेतामा शाह

भट्ट यसअघि माओवादी केन्द्रका तर्फबाट दलको नेता चयन भई मुख्यमन्त्री भएका थिए ।


एकीकरणअघि एमाले संसदीय दलको नेता रहेका प्रकाशबहादुर शाह नेकपाको उपनेता बनेका छन् । बैठकले प्रमुख सचेतकमा तारा लामा तामाङलाई चयन गरेको छ । उनी यसअघि एमालेबाट प्रमुख सचेतक थिए ।


यसैगरी सचेतकमा अक्कल रावल छ्नोट भएका छन् । बैठकमा नेकपाका स्थायी समिति सदस्यहरु भीम रावल र लेखराज भट्टको समेत उपस्थिति थियो ।

प्रकाशित : जेष्ठ २२, २०७५ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?